PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सांसद् आलमको पदीय हैसियत र सेवासुविधा खोसियो, दोषी ठहर भए निलम्बित हुने



सांसद् आलमको पदीय हैसियत र सेवासुविधा खोसियो, दोषी ठहर भए निलम्बित हुने
फाइल फोटो

काठमाडौं: ०६४ को संविधानसभा निर्वाचनका दौरानमा रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमको सांसदको पदीय हैसियत गुमाएका छन्।

सोमबार संसद सचिवालयले सुचना टाँस गर्दै सांसद पक्राउ परेको जानकारी गराएको छ। आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्। आइतवार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्। प्रतिनिधिसभा नियमावलीको दफा २४४को उपदफा ३ मा  सांसदका कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा सांसदको हैसियले कुनै पनि कार्य गर्ने वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने उल्खेख गरिएको छ।

'प्रहरी हिरासतमा रहेको अवस्थामा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियले कुनै कार्य वा कुनै अधिकार वा उम्मुक्ति प्राप्त हुने छैन।'

त्यस्तै अब सांसद आलमले खाइपाइ आएको पारिश्रमिक, सेवा सुविधा पनि रोकिने छ।  पूर्वमन्त्रीसमेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। तर, घटनाको १२ वर्षसम्म पक्राउ परेका थिएनन्। त्यस यताका सबै निर्वाचनमासमेत उनले भाग लिएका थिए।

आदलतले सांसद् आलमलाई दोषी ठहर गरेमा सांसद पद निलम्बन हुनेछ। यसबारेमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलवार सांसद आलमलाई आदलतमा म्याद थपका लागि उपस्थित गराउने रौटहट जिल्ला प्रहरी कार्यालयका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ। पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell