PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

'कबिर सिंह' पछि तेलेगु हिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा देखिँदै शाहिद कपूर



'कबिर सिंह' पछि तेलेगु हिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा देखिँदै शाहिद कपूर
फोटो : Hindustan Times ।

मुम्बई : फिल्म 'कबिर सिंह'को सफलतापछि अभिनेता शाहिद कपूर तेलेगु हिट फिल्म 'जर्सी'को हिन्दी रिमेकमा अभिनय गर्ने भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। 'जर्सी'को हिन्दी रिमेकलाई गोथम तिन्नानाउरीले निर्देशन गर्न लागेका हुन्। जर्सीको तेलेगु फिल्मलाई पनि गोथमले नै निर्देशन गरेका थिए।

'जर्सी'को हिन्दी रिमेकको लागि शाहिद कपूरभन्दा राम्रो अभिनेता अरु कोही नभएको निर्देशक गोथामले बताए।

'म मेरो तेलेगु फिल्म जर्सीको हिन्दी रिमेक बनाउने सोचमा छु र हिन्दी रिमेकलाई राष्ट्रिय दर्शकमाझ पुर्‍याउन चाहन्छु। हिन्दु दर्शकको लागि हिन्दी रिमेकमा शाहिद कपूर अरु अभिनेता भन्दा बेटर छन्,' उनले भने।

'जर्सी'को तेलेगु भर्सन भारतीय क्रिकेटर अर्जुनको जीवन संघर्षमा आधारित भएर निर्माण गरिएको थियो। २०१९ को हिट फिल्म कबिर सिंह पनि तेलेगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो।

शाहिदको अभिनय रहने 'जर्सी'को हिन्दी रिमेक २०२० अगस्ट २८ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell