PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सांसद साह पक्राउ परेकोप्रति राजपाको आपत्ति



सांसद साह पक्राउ परेकोप्रति राजपाको आपत्ति

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आफ्ना सांसद पक्राउ परेकोमा विरोध जनाएको छ। सोमवार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा आफ्ना सांसद प्रमोद कुमार साहलाई प्रहरीले पक्राउ गरेपछि राजपाले आपत्ति जनाएको हो।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा सांसद साहलाई अभिलम्ब रिहाई गर्न माग गरिएको छ।

'घण्टौंसम्म जहाज नआउँदा छटपटाइ रहेका बिरामीको पीडा सहन नसकेर बुद्द एयरको काउन्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरन्जित गरी सांसदलाई पक्राउ गरिएको घटनाको पार्टी घोर भत्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा एयरलाइन्सको सेवालाई थप प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो संबोधन गर्न पनि माग गरिएको छ। 

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहले सोमवार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए। प्रशासनको लापर्बाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरेका छन्। विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरको सिसा फुटेको विमानस्थलले जानकारी दिएको छ।

सांसद साहलाई आज दिउसो त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell