PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेक्सिकोमा लागूऔषध तस्कर र प्रहरीबीच गोली हानाहान



मेक्सिकोमा लागूऔषध तस्कर र प्रहरीबीच गोली हानाहान
फोटो: EPA

मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप भएको छ।

कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली मानिएको सिनालोआ ड्रग कार्टेल समूहका नाइके ओभिडिओ गजम्यान लोपेज फेला परेको थियो। त्यसपछि प्रहरी र सो समूहका सदस्यहरुबीच गोली हानाहान भएको हो।

ओभिडिओ लागू औषध तस्करका बादशाह मानिने 'एल च्यापो' गजम्यानका छोरा हुन्। एल च्यापो हाल अमेरिकामा तस्करीको आरोपमा जेल सजाय भोगिरहेका छन्। एल च्यापोपछि तस्करीको सबै कारोबार ओभिडिओले गर्दै आएका थिए।

हाल प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ। प्रहरीले झडपमा भएको क्षतिबारे केही सार्वजनिक गरेको छैन। यद्यपि, स्थानीय संचार माध्यमहरुका अनुसार गोली हानाहानमा केही व्यक्तिको मृत्यु भएको बताइएको छ। यस्तै, सडकमा रहेका गाडीहरुमा समेत आगजनी गरिएको छ।

सरकारले सर्वसाधरणलाई बिना कारण बाहिर नआउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell