PahiloPost

Nov 13, 2019 | २७ कात्तिक २०७६

चिकित्सा शिक्षामा आर्थिक अराजकता रोक्न सरकारको ‘बोल्ड’ निर्णय : तोकियो शुल्क, बढि लिनेलाई कारबाही गरिने



चिकित्सा शिक्षामा आर्थिक अराजकता रोक्न सरकारको ‘बोल्ड’ निर्णय : तोकियो शुल्क, बढि लिनेलाई कारबाही गरिने

काठमाडौं : चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ। तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने आयोगले निर्णय गरेको छ।

आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५  रुपैयाँ शुल्क तोकेको छ। यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क तोकेको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को मुद्रास्फितीको आधारमा आयोगले शैक्षिक शत्र २०७६/०७७ को शुल्क निर्धारण गरेको हो। विसं २०७५ असोज २८ गते सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क कायम गरेको थियो।

आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्था अनुसार गर्नसमेत ध्यानकर्षण गराएको छ।

आयोगले काठमाडौं उपत्यकाभित्र एक तिहाइ बराबर पहिलो वर्ष १३ लाख ४१ हजार ८५ रुपैयाँ, उपत्यका बाहिर १४ लाख ७८ हजार ६७५ रुपैया एमबीबीएसतर्फ र ६ लाख ७३ हजार १९४ रुपैयाँ शुल्क बीडीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धीत कलेजमा पठाउने व्यवस्था सम्बन्धीत विश्वविद्यालयले मिलाउनुपर्ने जनाएको छ।

चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्कलाई जनाउने भन्ने विषयलाई समेत पुनः स्मरण गराएको छ।

शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानून विपरित हुने भएकाले आयोगले कारवाही गर्ने चेतावनी दिएको छ। आयोगको असोज ३० गते र आज बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी सोहीअनुसार गर्न गराउन आग्रह गरेको हो। रासस



चिकित्सा शिक्षामा आर्थिक अराजकता रोक्न सरकारको ‘बोल्ड’ निर्णय : तोकियो शुल्क, बढि लिनेलाई कारबाही गरिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell