PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी म्यान्मारबाट जापान प्रस्थान



जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी म्यान्मारबाट जापान प्रस्थान
फोटोः रासस

नेपित : राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन म्यान्मारबाट आज जापानतर्फ प्रस्थान गरेकी छिन्।

राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा जापानतर्फ प्रस्थान गरेकी हुन्। थाई एयरवेजबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ।

राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यू आङ को, याङ्गुनका मुख्यमन्त्री यू फियो मिन थिन र म्यान्मारको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरेका थिए। जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell