PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चिलीमा मेट्रो रेलको भाडा वृद्धि फिर्ता भए पनि रोकिएन प्रदर्शन, ३ जनाको मृत्यु



चिलीमा मेट्रो रेलको भाडा वृद्धि फिर्ता भए पनि रोकिएन प्रदर्शन, ३ जनाको मृत्यु
फोटो: AFP

स्यानटियागो : चिलीमा सरकारविरोधी प्रदर्शनका क्रममा स्यानटियागोमा रहेको एक सुपरमार्केटमा आगो लाग्दा ३ जनाको मृत्यु भएको छ। सरकारविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले सुपरमार्केटमा आगो लगाएको हुन सक्ने बताइएको छ।

मेट्रो रेलको भाडा वृद्धिसँगै केही दिनदेखि चिलीमा प्रदर्शन भइरहेको छ। प्रदर्शन बढ्दै गएपछि राष्ट्रपति सेबास्टियन पिनेराले भाडा वृद्धि गर्ने निर्णय फिर्ता लिएका थिए। यद्यपि, सरकारविरुद्ध प्रदर्शन जारी रहेको छ। प्रदर्शनका क्रममा हालसम्म १५६ सुरक्षाकर्मीका साथै ११ सर्वसाधारण घाइते भएका छन्। प्रहरीले ३०० जनाभन्दा धेरैलाई पक्राउ गरेको छ।  

सरकारले अवस्था नियन्त्रणमा लिनका लागि संकटकाल घोषणा गर्दै सडकमा सेना परिचालन गरेको छ। यस्तै रातिको समयका कर्फ्यु लागू गरिँदै आएको छ।  सन् १९९० मा चिली तानाशाह अगस्टो पिनोसेको शासनबाट स्वतन्त्र भएपछि अहिले पहिलोपटक सडकमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमा पर्छ। तर, यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ। आर्थिक सुधारको माग उठिरहेका बेला मेट्रो रेलको भाडा वृद्धि हुँदा अवस्था नियन्त्रण बाहिर गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell