PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डाक्टर सुमन थापाको आवाजले गुञ्जदैछ 'पलेँटी'को साँझ



डाक्टर सुमन थापाको आवाजले गुञ्जदैछ 'पलेँटी'को साँझ
फोटो : नेपालय।

काठमाडौं : यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा डा सुमन थापाले गीत सुनाउने भएका छन्। थापा पेशाले नेत्र विशेषज्ञ भएपनि उनी गीत गाउन पनि रुचाउँछन्।

उनी गीत लेखन तथा संगीतमा पनि अभ्यस्त छन्। ‘बाइपास’ समुहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडी बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन्।

प्राय अंग्रेजी भाषामा गीत, लेख्ने र गाउने थापा पलेँटीमा नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन्। पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको बताएको छ।

थापा तिलगंगा आँखा अस्पतालमा कार्यरत छन्। उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागी भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका छन्। उनले हालसम्म मोतियाविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै सल्यक्रिया गरिसकेका छन्।

कार्यक्रम आगामी कार्तिक ८ र ९ गते कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell