PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सन-फ्रान्सिस्कोमा



चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सन-फ्रान्सिस्कोमा

काठमाडौं : 'ग्लोबल नेपाली फिल्म अवार्ड'को चौथो संस्करण सन-फ्रान्सिस्कोको बे एरियामा हुने भएको छ। अवार्ड कार्यक्रम नोभेम्बर ३० देखि डिसेम्बर १ तारिकसम्म हुने आयोजकले जनाएको छ।

अवार्डको आयोजक ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका, नेपाल फिल्म सोसाइटी तथा गोल्डेन स्टेट मुभी मेकर अमेरिका रहेका छन्। त्यस्तै सहआयोजकहरुमा ८८४८ मिडिया हाउस र हिमालयन फाउन्डेसन कर्पोरेसन रहेका छन्।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी गराइएको थियो। नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्ने गरिएको आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए। विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्द नेपाली सिनेमाको बजार प्रबर्द्धन, सिनेमा टुरिजम बिषयमा अन्तर्क्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष मल्लले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell