PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता



राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता
फाइल फोटोः रासस

टोक्यो : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेस्ट हाउसमा भेटवार्ता भएको छ। जापानी प्रधानमन्त्री आबेसँगको भेटवार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानका वरिष्ठ सरकारी अधिकारीहरु सहभागी थिए। 

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल जापानको राजधानी टोक्यो आइपुगेको थियो। म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो ।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक कात्तिक ५ गते स्थानीय समय अनुसार दिउँसो १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ। राज्याभिषेक समारोहमा सहभागी भई राष्ट्रपति भण्डारी र उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell