PahiloPost

Nov 17, 2019 | १ मंसिर २०७६

राजविराजमा ५ बोरा पटका बरामद



राजविराजमा ५ बोरा पटका बरामद
फाइल फोटो

राजविराज : सप्तरीको राजविराजस्थित  नेताचोकबाट लुकाइछिपाइ राखिएको पटका गएराति प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए।

बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्रान्डका ५ बोरा अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको पटकाहरु बरामद गरिएको डिएसपी भारतीले बताए। बरामद गरिएको उक्त पटकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

आठ सयभन्दा बढी बोट गाँजा नष्ट गरियो

सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैध रूपमा लगाइएका ७०० बोट गाँजा बिहीवार प्रहरीले नष्ट गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदेबरसाइन, इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टबाट खटिएको संयुक्त टोलीले बोदेबरसाइन नगरपालिकाको वडा नम्बर २, ३ र ५ मा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ।

खेतबारीमा अवैध रूपमा लगाइएको ७०० बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए। यस्तै सप्तरीको पूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोलमा लगाएको गाँजाको १५० बोट पनि प्रहरीले नष्ट गरेको छ। उक्त गाँजाको बोटलाई बुद्धिजीवी, स्थानीयवासी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। रासस



राजविराजमा ५ बोरा पटका बरामद को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell