PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

सुनका गरगहना चोरी गर्ने भारतीय नागरिक पक्राउ



सुनका गरगहना चोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख रुपैयाँ बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आइरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य चार लाख ६४ हजार ८१४ रुपैयाँ बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

गएराति सुन पसलबाट सुनका गहना चोरी गरेका उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनले दाजुसँग भारतबाट आउँदा लिएको ऋण तिर्न चोरी गर्नुपरेको स्वीकारेको प्रहरीको भनाइ छ। रासस



सुनका गरगहना चोरी गर्ने भारतीय नागरिक पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell