PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भारतको हरियाणा र महाराष्ट्रमा विधानसभा निर्वाचन, मत हालेपछि 'सेल्फी पोइन्ट' मा तस्विर खिच्दै मतदाता



भारतको हरियाणा र महाराष्ट्रमा विधानसभा निर्वाचन, मत हालेपछि 'सेल्फी पोइन्ट' मा तस्विर खिच्दै मतदाता
फोटो: TIMES OF INDIA

भारतमा हरियाणा र महाराष्ट्र विधानसभाका लागि मतदान भइरहेको छ। सोमवार बिहानैदेखि मतदान केन्द्रमा भोट हाल्न मतदाताहरु पुगिरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। मतदानमा करिब ९ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्। निर्वाचनका लागि ९६ हजार भन्दा बढी मतदान केन्द्रहरु स्थापना गरिएका छन्।

केही मतदान केन्द्रमा मतदानपछि तस्विर खिच्नका लागि सेल्फी पोइन्ट समेत बनाइएको छ। मत राखेर बाहिरिएपछि सेल्फी पोइन्टमा तस्विर खिच्न मतदाताहरु पुगिरहेको बताइएको छ।

हरियाणामा ९० सिट र महाराष्ट्रमा २८८ सिटका लागि मतदान भइरहेको हो। निर्वाचनमा विभिन्न दलबाट हरियाणाबाट १ हजार एक सय ६९ जना र महाराष्ट्रबाट ३ हजार २ सय ३७ जना प्रतिस्पर्धामा रहेका छन्।

हालसम्म दुवै क्षेत्रमा ३० प्रतिशतभन्दा बढी मत खसिरहेको बताइएको छ।

निर्वाचन भइरहेको दुवै विधानसभा क्षेत्रमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो। महाराष्ट्रमा भाजपाले शिव सेनासँग गठबन्धन सरकार बनाएको थियो।

यो निर्वाचनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको परीक्षण रहेको भारतीय मिडियाले विश्लेषण गरेका छन्। मोदी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि भएको यो निर्वाचनले आगामी दिनमा विशेष भूमिका राख्ने अनुमान गरिएको छ।

महाराष्ट्र र हरियाणासँगै उत्तर प्रदेश र बिहार लगायत ८ राज्यहरुमा ६३ विधानसभा सिटका लागि उपनिर्वाचन हुँदैछ।

निर्वाचनको परिणाम २४ अक्टोबरसम्म आउने निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell