PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

प्रधानमन्त्री ओलीले गरे नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास



प्रधानमन्त्री ओलीले गरे नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास गरेका छन्। नेपालकै पहिलो सुरुङमार्गको प्रधानमन्त्री ओलीले चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिलान्यास स्थलमा रहेको शिलापत्र समेत अनावरण गरेका थिए। ५.५६ किमि लामो सो सुरुङमार्ग जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो। उक्त आयोजनामा लाग्ने अनुमानित २२ अर्बमध्ये जाइकाले १६ अर्ब सहयोग गर्नेछ भने नेपाल सरकारले ६ अर्ब आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell