PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पोखरा प्रिमियर लिग पछि सर्‍यो, मंसिर २८ बाट शुरु हुने



पोखरा प्रिमियर लिग पछि सर्‍यो, मंसिर २८ बाट शुरु हुने
फोटो : पिपिएल/पोखरा पल्टन।

काठमाडौं : पोखरा प्रिमियर लिग (पिपिएल) पूर्वनिर्धारित मिति भन्दा पछि सरेको छ। क्वीन्स इभन्ट म्यानेजमेन्टले आयोजना गर्दै आएको पिपिएल खेलहरुको व्यस्त सेड्युलका कारण पछि सरेको म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्ति निकाल्दै जानकारी दिएका छन्।

पोखरामा पहिलो संस्करण सम्पन्न गरेको पिपिएल कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म हुने बताइएको थियो। तर, उक्त समयमा दक्षिण एसियाली खेलकुद (साग), मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) को नेपाल भ्रमण तथा नेपाली यू-१९ टिमको भारत भ्रमण पर्ने भएकाले पूर्व निर्धारित समयमा पिपिएल आयोजना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाइएको छ।

अब पिपिएलको दोस्रो संस्करण मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म आयोजना हुनेछ।

पोखरा प्रिमियर लिगको पहिलो संस्करण गतसाल पोखरामा सम्पन्न भएको थियो। पोखरा पल्टनले पहिलो संस्करणको उपाधी हात पारेको थियो। 

पिपिएलमा बिराटनगर टाइटन्स, पोखरा पल्टन, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर, चितवन राइनोज र धनगडी ब्लुज गरी ६ टिम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell