PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

रुसमा नेपाली युवा वैज्ञानिकलाई गोल्ड र ब्राउन्ज मेडल



रुसमा नेपाली युवा वैज्ञानिकलाई गोल्ड र ब्राउन्ज मेडल
फोटो : एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्सको फेसबुक।

काठमाडौं : रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन्। कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन्।

नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्टर्न स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन्। प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन्। प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन्। रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल पोलिमर इस्टिच्युट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए। गत महिना नेपाल पोलिमर इस्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो। रासस



रुसमा नेपाली युवा वैज्ञानिकलाई गोल्ड र ब्राउन्ज मेडल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell