PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वाग्मती अध्यक्ष कप फुटबलको उपाधि ललितपुरको सशक्तीकरण युवा क्लबलाई 



वाग्मती अध्यक्ष कप फुटबलको उपाधि ललितपुरको सशक्तीकरण युवा क्लबलाई 

ललितपुर: जिल्लाको वाग्मती गाउँपालिकाका वडा नं ४ प्युटारमा आयोजना भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङको  सशक्तीकरण युवा क्लबले हात पारेको छ। सोमबार भएको फाइनलमा मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लबलाई हराउँदै सशक्तीकरण उपाधि जित्न सफल भएको हो।

गत असोज २९ देखि बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा बकैया १० को ठाकुर सपोर्ट क्लब तेस्रो भयो। वाग्मती गाउँपालिका ७ , गिम्दीको वसन्त युवा क्लब चौथो भयो। प्रतियोगितामा प्रथमलाई  १ लाख, दोस्रोलाई  ५० हजार र सन्त्वाना दुई टिमलाई २०/२० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, चिनो प्रदान गरिएको छ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जिल्ला,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत फूटबल खेल्न सक्ने खुबी भएका, नाम चलेका खेलाडी तथा दर्जनौं क्लबहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँपालिका गौरवको विषय रहेको बतााए।

लोप्चनले आगामी दिनहरुमा समेत यस्ताखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा गाउँपालिकाकी  उपप्रमुख रन्जना घिमिरे, प्रदेश नं ३ खेलकुद परिषद सदस्य विकाश तामाङ, नेपाली काङ्ग्रेस प्रदेश( २ ) ख को सभापति रामकृष्ण तामाङ( इन्द्र ), छोर्गे युवा क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्यामबहादुर लोप्चनलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell