PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुर्गेश थापा पक्राउ: हिरासतबाटै हटाउन लगाइयो 'ह्याप्पी तिहार' गीत



दुर्गेश थापा पक्राउ: हिरासतबाटै हटाउन लगाइयो 'ह्याप्पी तिहार' गीत

काठमाडौं: बीच बीचमा बोलको तीज गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार थापालाई नियन्त्रणमा लिएको हो। लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेको अभियोगमा थापालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 

'गीतमा लागुऔषधी सेवनलाई प्रमोट गरेको पाइयो। बालबालिका प्रयोग भएका छन्,' एसएसपी थापाले भने।

प्रहरीको नियन्त्रणमा रहेका थापाले युट्युबमा अपलोड भएको भिडियो भने हटाइसकेको छ। ' भिडियो हटाइसकिएको छ। थप अनुसन्धान हुँदै छ,' एसएसपी थापाले भने।

थापा 'हयाप्पी तिहार चिसो बियर' बोलको गीत सार्वजनिक गरेसँगै विवादमा फसेका थिए। यसअघि उनले फिल्म छ माया छपक्कैमा गाएको प्रमोशन गीत पनि विवादमा तानिएको थियो। थापालाई कुन अभियोगमा मुद्दा अगाडि बढाउने भन्ने विषयमा भने अन्योल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell