PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनमा नेपाली सेनाकी तुलसा खत्रीले बनाइन् राष्ट्रिय कीर्तिमान



चीनमा नेपाली सेनाकी तुलसा खत्रीले बनाइन् राष्ट्रिय कीर्तिमान

चीन : चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन्। एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन्। यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो। रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन्। 

आजै सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन्। उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए। आज प्रतियोगिताअन्तर्गत बिच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell