PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिपायल सिलगढी नगरपालिकाका अविवाहित महिलाले भत्ता पाउने



दिपायल सिलगढी नगरपालिकाका अविवाहित महिलाले भत्ता पाउने

डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका महिलालाई भत्ता दिने भएको छ। विवाह नगरी जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो।

आगामी मंसिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तथ्यांक संकलन कार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए। नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा भत्ता दिने तथा उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिने नीति लिएको छ।

यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिधुर भत्ता दिएको थियो। सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय विसं २०७५ भदौमा गरेको थियो भने दिपायल सिलगढी नगरपालिकाले पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो।

नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि यहाँका अधिकांश विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएको नगर उपप्रमुख शिवराज खड्काले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell