PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युरोपियन युनियनले ब्रक्जिटको समयसीमा बढाए बेलायतमा आम निर्वाचन गराउने तयारीमा जोनसन



युरोपियन युनियनले ब्रक्जिटको समयसीमा बढाए बेलायतमा आम निर्वाचन गराउने तयारीमा जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले युरोपियन युनियन छोड्ने (ब्रेक्जिट) समयसीमा जनवरीसम्म थप गर्न युरोपियन युनियनले प्रस्ताव गरे बेलायतमा आमनिर्वाचन गराउने बताएको बीबीसीले उल्लेख गरेको छ।

ब्रेक्जिटबारे युनियनसँग केही दिन अघि नयाँ सहमती भएपनि बेलायती संसदले जोनसनको ब्रेक्जिट प्रस्ताव अस्वीकृत गरेको थियो। मंगलवार भएको बैठकमा प्रस्ताव अस्वीकृत भएपछि जोनसन ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा उभिएको बताइएको छ।

बेलायतले युरोपियन युनियनसँग सम्झौता गरेर ब्रक्जिट प्रक्रिया पूरा गर्ने समय अक्टोबर ३१ सम्म मात्रै रहेको छ। त्यसैले जोनसनको आग्रह अब युरोपियन युनियनका नेताहरुको निर्णयमा निर्भर हुनेछ। उनीहरुले चाहे ब्रेक्जिट प्रक्रिया लम्बिन सक्छ।

आमनिर्वाचन बिना ब्रेकजिट टुंगिन नसक्ने भन्दै उनले पहिला पनि निर्वाचन घोषणा गरेका थिए। रानी एलिजावेथलाई सहमतिमा लिएर गरिएको घोषणालाई त्यहाँको सर्वोच्च अदालतले अवैध घोषणा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell