PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

चितवनमा डेंगुले थप एक जनाको मृत्यु



चितवनमा डेंगुले थप एक जनाको मृत्यु
फोटोः The Conversation

चितवन : स्वास्थ्य कार्यालय चितवनले डेंगुका कारण थप एक जनाको मृत्यु भएको जनाएको छ। कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो। कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि एक जनाको डेंगु र एक जनाको डेंगुसँगै स्क्रबटाइफसबाट मृत्यु भएको थियो। हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेंगु परीक्षण गर्दा ४ हजार २८० जनामा संक्रमण देखिएको छ। भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेंगु क्रमशः घट्दै गएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell