PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

पर्वतको पूर्वखोला अब संस्थागत सुत्केरी गाउँपालिका



पर्वतको पूर्वखोला अब संस्थागत सुत्केरी गाउँपालिका
पूर्वखोला वडा १ लाई संस्थागत वडा घोषणा गर्दै। फोटो: facebook.com/purbakholamun

बेझाड: पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरे।
 
मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए।

गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए। वडा नं १ मा ८५, वडा नं २ मा ४५, वडा नं ३ मा ४५, वडा नं ४ मा ४०, वडा नं ५ मा ५७ र ६ मा ३८ जना गएको आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको छ। 

गत वैशाख २३ गते वडा नं ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा शुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नं ३ रिङनेरह, भदौ २४ गते वडा नं ६ को हेक्लाङ, असोज ११ गते वडा नं २ जल्पा र असोज १५ गते वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो। रासस



पर्वतको पूर्वखोला अब संस्थागत सुत्केरी गाउँपालिका को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell