PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ज्ञानध्यान छात्रवृत्ति प्रदान, साहित्यकार र पत्रकार सम्मानित



ज्ञानध्यान छात्रवृत्ति प्रदान, साहित्यकार र पत्रकार सम्मानित

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा विश्व नेपाल सञ्चार प्रालिले 'ज्ञानध्यान छात्रवृत्ति' प्रदान गरेको छ। आर एल डिजाईनको सहआयोजनामा विश्व नेपालले गत वर्षबाट ज्ञानध्यान उपत्यकाव्यापी अन्तरविद्यालय स्थलगत कविता लेखन तथा वाचन सुरु गरेको थियो।

केही समय अघि दुई चरणमा सम्पन्न अभियानमा ललितपुरस्थित बज्र एकेडेमीकी छात्रा रेजिना शर्मा दाहाल प्रथम भएकी थिइन्। त्यस्तै काठमाडौं स्थित पिस नेपाल एकेडेमीकी छात्रा डोमा तामाङ द्वितीय तथा हिलारी स्कुलकी छात्रा स्वीकृती पौडेलले तृतीय भएकी थिइन्।

प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार तथा तृतीय पुरस्कार २० हजार राशीको यो छात्रवृत्ति नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय प्रेक्षितले प्रदान गरे।

कपन साहित्य समाजमा भएको कार्यक्रममा समकालीन नेपाली छन्द कविताका त्रिनेत्र सम्मानबाट स्रष्टात्रय डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल र प्रभा भट्टराई तथा शिक्षा पत्रकारिता सम्मानबाट राष्ट्रिय समाचार समितिका वरिष्ठ पत्रकार प्रकाश सिलवाललाई सम्मान समेत गरिएको छ।

सो संस्थाले आजबाट शैक्षिक आँखा डटकम डिजिटल पत्रिकाको समेत शुभारम्भ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell