काठमाडौं : आज भाइटीका। आजको दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइहरुको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने गरिन्छ।
त्यसैले आज सामाजिक सञ्जाल पनि सप्तरंगी टीका र सयपत्रीका मालाले भरिएका छन्।
विभिन्न नेता, खेलाडी, कलाकारहरुले पनि भाइटीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले भाइटीका लगाउँदै गरेको तस्बिर हाल्दै 'नेपालका विविध सांस्कृतिक पर्वहरूलाई समय सापेक्ष परिमार्जन गर्दै संरक्षण र विकास' गर्नुपर्ने उल्लेख गरेका छन्।
दाजुबहिनीले एक अर्कालाई टीका लगाएर शुभकामना आदानप्रदान गरियो! नेपालका विविध सांस्कृतिक पर्वहरूलाई समय सापेक्ष परिमार्जन गर्दै संरक्षण र विकास गरौं! pic.twitter.com/6pZNzGMkaV
— Baburam Bhattarai (@brb1954) October 29, 2019
त्यस्तै फुटबलर नवयुग श्रेष्ठले भाइटीका लगाउँदै गरेको फोटोहरु सेयर गरेका छन्।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भाइटीकाको तस्बिर हाल्दै 'रमाइलो तिहार' लेखेका छन्।
रमाइलो तिहार । pic.twitter.com/bzjxVIri1q
— Pradeep Gyawali (@PradeepgyawaliK) October 29, 2019
त्यस्तै नेपाली क्रिकेटका 'ग्लोबल आइकन' सन्दीप लामिछानेले पनि तिहारको तस्बिर हाल्दै भाइटीकाको सबैलाई शुभकामना दिएका छन्।
Happy Bhai Tika from us to all.❤️ pic.twitter.com/5hiyE9Of9a
— Sandeep Lamichhane (@IamSandeep25) October 29, 2019
कलाकार दीपकराज गिरीले 'निधारमा लर्काएर सप्तरंगी टिका .....!!!' क्याप्सन लेख्दै भाइटिका लगाएपछिको सेल्फी फेसबुकमा पोस्ट गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देनले गृह जिल्ला झापामा ब्रम्हकुमारीसँग टीका लगाए।
ब्रह्मकुमारी पूर्णिमा दिदीबाट भाइटिका ग्रहण गर्दै ....@बिर्तामोड,झापा pic.twitter.com/7qPbEU1GfG
— Rajendra Lingden (@RajendraLingden) October 29, 2019