PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

जोन अब्राहमले उपहारमा पाए ३० लाखको गाडी



जोन अब्राहमले उपहारमा पाए ३० लाखको गाडी
फोटो : dailytimes.com.pk ।

मुम्बई : बलिउड अभिनेता जोन अब्राहम गाडीको मामलामा निकै सौखिन छन्। यहि कुरालाई ध्यानमा राखेर फिल्म 'मुम्बई सागा'का निर्देशक सञ्जय गुप्ताले उनलाई ३० लाख भारु (४८ लाख नेपाली रुपैयाँ) पर्ने पिकअप ट्रक उपहार दिएका छन्।

निर्देशक गुप्ताले उनलाई आइसुजु डि म्याक्स मोडलको लिमिटेड एडिसन गाडी गिफ्ट गरेका हुन्। जोनले गरेको कामबाट प्रभाबित भएर गुप्ताले उनलाई गाडी उपहार दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

यसबारे निर्देशक गुप्ता भन्छन्, 'मैले कार र बाइकको मामलामा जोन जस्तो सौखिन मान्छे अहिलेसम्म देखेको छैन्। उनीसँग कार र बाइकको थुप्रै कलेक्सन छन्। मैले उनको लागि पिकअप ट्रक किनेको छु, किनकि उनको कलेक्सनमा यो गाडी समावेस छैन्। मैले किन्नु अघि नै यो गाडीको टेस्ट ड्राइभ गराएको थिए र म अनुमान गर्न सक्छु कि जोनलाई यो गाडी कतिको मनपर्‍यो भनेर। आफ्नो आँगनमा गाडी पार्क गरेको देखेर जोन निकै दंग परे।' 

जोनले लाइट फुट, डुकाती डिवेल, कावासकी निन्जा, हायाबुसा, महिन्द्रा मोजोलगायतका बाइकको कलेक्सन गरेका छन्। साथै उनीसँग २ करोड भारु पर्ने निसान जीटी आर र ३ करोड ४६ लाख भारु पर्ने ल्याम्बरगिनी लगायतको गाडीको कलेक्सन समेत छ। 

फिल्म 'जिन्दा' र 'शूटआउट एट बडाला'पछि जोन अब्राहम र सञ्जय गुप्ताको 'मुम्बई सागा'मा तेस्रो सहकार्य हुँदैछ। हाल फिल्म मुम्बई सागाको छायांकन भइरहेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा जोन अब्राहमसँगै इमरान हाशमीले पनि अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell