PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डा गोविन्द केसी र मेडिकल विद्यार्थीको आन्दोलनमा विवेकशील नेपालीको ऐक्यबद्धता



डा गोविन्द केसी र मेडिकल विद्यार्थीको आन्दोलनमा विवेकशील नेपालीको ऐक्यबद्धता

काठमाडौं : विवेकशील नेपाली दलले डा गोविन्द केसी र मेडिकल विद्यार्थीको आन्दोलनमा आफ्नो साथ रहेको बताएको छ। विवेकशीलले शुक्रवार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्रविरुद्ध आन्दोलनरत विद्यार्थी र डा केसीको साथमा रहेको बताएको हो।

विवेकशीलले विभिन्न मेडिकल कलेजहरुले नेपालको विद्यमान कानुन तथा चिकित्सा शिक्षाको मर्म विपरीत उठाइरहेको अतिरिक्त शुल्क तुरुन्त व्याजसहित पीडित विद्यार्थीलाई फिर्ता गर्न माग समेत गरेको छ।

विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने कलेज सञ्चालक तथा प्रशासकलाई नेपालको कानुन बमोजिम हदैसम्मको कारवाही गर्न समेत विवेकशील पार्टीले सम्बन्धीत निकायसँग अपील गरेको छ।

दलले सरकारले आन्दोलनरत पक्षको माग सम्वोधन नगरे आफूहरु सशक्त प्रतिरोध अभियानमा उत्रने चेतावनी समेत दिएको छ।

दलका नीति सचिव सन्जिव भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले यथाशीघ्र संघर्षरत पक्षको माग तथा मुद्दाहरुको सम्वोधन नगरेको खण्डमा विवेकशील नेपाली दल सशक्त प्रतिरोध अभियानमा उत्रने बारे स्पष्ट पार्न चाहान्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell