भारतको राजधानी नयाँ दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ। दिल्लीमा बढ्दो प्रदूषणका कारण मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारल इमर्जेन्सी घोषणा गरेको हो।
यो घोषणासँगै नयाँ दिल्लीका सबै विद्यालयहरु बन्द गर्न गरिएको छ। विद्यार्थीहरुलाई प्रदूषणबाट बचाउन दिल्लीमा ५० लाख मास्क वितरण गरिएको केजरीवालले बताएका छन्। हाललाई ६ नभेम्बरसम्मका लागि विद्यालय बन्द गरियने निर्णय गरिएको छ।
ट्वीट गर्दै केजरीवालले छिमेकी राज्यमा धानवाली बालिँदा दिल्ली ग्यास चेम्बरमा रुपान्तरित भएको बताएका छन्।
Delhi has turned into a gas chamber due to smoke from crop burning in neighbouring states
— Arvind Kejriwal (@ArvindKejriwal) November 1, 2019
It is very imp that we protect ourselves from this toxic air. Through pvt & govt schools, we have started distributing 50 lakh masks today
I urge all Delhiites to use them whenever needed pic.twitter.com/MYwRz9euaq
भारत भ्रमणमा रहेकी जर्मन चान्सलर एनजेला मर्केलले समेत दिल्लीमा बढेको प्रदूषणका बारेमा बोलेकी छिन्। उनले दिल्लीमा बढेको प्रदूषणबाट इन्धनबाट चल्ने सवारी साधनको प्रयोग घटाउँदै विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्था आएको बताएकी छिन्।