PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

लक्ष्मीपूजाको मूर्ति विसर्जनमा अवरोध गर्ने व्यक्ति पक्राउ



लक्ष्मीपूजाको मूर्ति विसर्जनमा अवरोध गर्ने व्यक्ति पक्राउ

कपिलवस्तु : लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ।

कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए। पक्राउ परेका साहलाई तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो। दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ। रासस



लक्ष्मीपूजाको मूर्ति विसर्जनमा अवरोध गर्ने व्यक्ति पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell