
धम्बोझी : लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिवार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ।
बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। रासस