PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

खसी माग्ने डिएसपीलाई कारबाही गर्न कांग्रेसको माग



खसी माग्ने डिएसपीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले बाँकेका विवादित प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेको छ।

डिएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई धम्की दिएको रेकर्ड सार्वजनिक भइसकेकोले तत्काल विभागीय अनुसन्धान थाल्नुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माग गरेका छन्।

प्रवक्ता शर्माले ट्वीटरमा नेपाल प्रहरीलाई मेन्सन गर्दै लेखेका छन्, 'धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्। प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुनः पढाइयोस्!

डिएसपी शाहीले तरुण दलका खड्कालाई फोनमा दिएको धम्कीको रेकर्ड शुक्रवार सार्वजनिक भएको थियो। उक्त फोन रेकर्डअनुसार दशैंअगाडि शाहीले खड्कासँग खसी मागेको र खसी नदिएपछि डिएसपी विवादमा तानिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell