PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

आलमविरुद्ध तीन वटा अभियोग, आजै मुद्दा दर्ताको तयारी



आलमविरुद्ध तीन वटा अभियोग, आजै मुद्दा दर्ताको तयारी

काठमाडौं: रौतहटको राजपुर बमकाण्डका आरोपमा पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमविरुद्ध सरकारी वकिल कार्यालय रौतहटले आज अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

सोमबार वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको हो। अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ।

'आज दिउँसोसम्ममा मुद्दा लग्ने तयारी भइरहेको छ,' सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले भने।

अदालतमा मुद्दा दर्ता भइसकेपछि बयान र थुन्छेक बहस हुनेछ। त्यसपछि अदालतले पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय गर्छ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अभियोगपत्रमा प्रहरीकै मिलेमतोमा घटना भएको उल्लेख गरिएको छ। प्रहरीकै संरक्षणमा घटनाको सबुत मेटाउने काम भएको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ। १२ वर्षअघिको घटनामा जिल्लामा भएका केही प्रहरीले तत्कालीन जिल्ला प्रमुख एसपी लक्ष्मण न्यौपानेको संलग्नता भएको इंकित गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। एसपी न्यौपानेको मृत्यु भइसकेको छ। उनको टिकापुरको घटनामा मारिएका थिए।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell