PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सातै प्रदेशमा ‘सप्तरंग-२’ हुने



सातै प्रदेशमा ‘सप्तरंग-२’ हुने

काठमाडौं : बुधवारदेखि सातै प्रदेशमा ‘सप्तरंग-२’ हुने भएको छ। ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो शृंखला गर्न लागिएको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जनाएको छ।

गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल-२०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्‍याउने बताए।

'राष्ट्रियताको कुनै मुल्य हुदैन' भन्ने सोचका साथ कार्यक्रमलाई नि:शुल्क गरिएको समेत उनले बताए। पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रबर्द्धन र समुन्नति केन्द्रित गरेको छ। दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल,  गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन्। उनीहरुले सातै प्रदेशमा पर्यटन प्रबर्द्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कात्तिक २० गते विर्तामोडबाट शुरु हुनेछ। विर्तामोडबाट शुरु भएको कार्यक्रम २२ गते विरगंज, २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुगेर सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell