PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

'जोकर'ले कमायो ९ सय मिलियन डलर



'जोकर'ले कमायो ९ सय मिलियन डलर
फोटो : Warner Brothers ।

हलिउड फिल्म 'जोकर'ले ९ सय मिलियन डलरको ग्रस कलेक्सन गरेको छ। टोड फिलिप्सद्वारा निर्देशित यस फिल्मले अमेरिकामा हालसम्म २ सय मिलियन डलरको व्यापार गरेको न्युज एट्टिनले उल्लेख गरेको छ

'जोकर'ले दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अक्टोबर ४ देखि प्रदर्शनमा आएको यस फिल्मलाई नेपालमा पनि उतिकै रुचाइएको छ। ९ सय मिलियन डलरको ग्रस कलेक्शन गरेको यस फिल्मको कमाई बिलियन डलर नाघ्ने अड्कल गरिएको छ।

साथै फिनिक्सको दमदार अभिनय पश्चात जोकरको सिक्वेलको माग बढ्न थालेको छ। वार्नर ब्रोदर्स पिक्चर्सले निर्माण गरेको यस फिल्ममा रोबर्ट डि निरो, ज्याक्विन फिनिक्स लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्म क्राइम, ड्रामा र थ्रिलर जनारामा निर्माण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell