PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई



मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन : क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन्।

त्यस्तै युवतीतर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप तथा युवकतर्फ मनोज तामाङ फर्स्ट रनरअप र किरण दनुवार सेकेन्ड रनरअप भएका छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले तीस हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन्। त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन्। क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए। प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । 

प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार तथा निर्देशक सूर्य चन्द, मोडल तथा नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell