PahiloPost

May 30, 2020 | १७ जेठ २०७७

५ लाख घुस लिएको अभियोगमा टोखा नगरपालिकाका इञ्जिनीयरसहित तीन जनाविरुद्ध मुद्दा दायर



५ लाख घुस लिएको अभियोगमा टोखा नगरपालिकाका इञ्जिनीयरसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि ५ लाख रुपैयाँ बराबरको घुस लिएको अभियोग लागेको छ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell