PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जीप दुर्घटनामा परी नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते



जीप दुर्घटनामा परी नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप आज साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन्।

घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए। उनले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताए।

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा आज साँझ ५ बजे त्रियुगा नगरपालिकाको स १ ज ५३१ नम्वरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुबैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell