PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

टर्कीद्वारा बग्दादीकी दिदी पक्राउ, आइएसको गतिविधिबारे सूचना पाउने आशा



टर्कीद्वारा बग्दादीकी दिदी पक्राउ, आइएसको गतिविधिबारे सूचना पाउने आशा
फोटो: REUTERS/THE TIMES

अमेरिकी सैन्य कारवाहीमा मारिएका इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई टर्कीस सेनाले पक्राउमा गरेको छ।

टर्की र सिरियाको सीमा नजिकैको अजाज नगरबाट बग्दादीकी ६५ वर्षीया दिदी रश्मिया अवादलाई पक्राउ गरिएको टर्कीस अधिकारीहरुले बताएका छन्।

सिरियाको अलेप्पो प्रान्तमा पर्ने अजाज नगर हाल टर्कीको नियन्त्रणमा रहेको छ। उनी त्यहाँ आफ्ना परिवारसँग बस्दै आएको बताइएको छ।

गत शनिवार अमेरिकाले सिरियामा बग्दादी लुकेर बसेका स्थानमा सैन्य कारवाही गरेको थियो। अमेरिकी अधिकारीहरुका अनुसार बग्दादीले सुरुङभित्रै आत्मघाती विस्फोट गराएका थिए। विस्फोटमा बग्दादीसँगै उनका तीन सन्तानको समेत मृत्यु भएको थियो।

पक्राउ गरिएकी अवादबाट आइएसको आन्तरिक गतिबिधिबारे सूचना पाउने अनुमान टर्कीले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell