PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदूषणसँग जुध्न हजारौं रुख रोप्दै चीन, ६० हजार सेना परिचालन गरिने



प्रदूषणसँग जुध्न हजारौं रुख रोप्दै चीन, ६० हजार सेना परिचालन गरिने
फोटो: China Photos/Getty Images

चीन सरकारले बढ्दो  प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ हजारौं रुख रोप्ने तयारी गरेको छ। रुख रोप्नका लागि सरकारले ६० हजार भन्दा बढी सेना परिचालन गर्ने भएको द इन्डिपेन्डेन्टले जनाएको छ।

चिनियाँ जनमुक्ति सेनाका साथै सशस्त्र प्रहरीलाई समेत यस कार्यमा सहभागी गराउने तयारी भइरहेको छ। उनीहरु सबैजना वृक्षारोपणका साथै रुख रोप्ने लगायतका गैर सैनिक कार्यमा सहभागी हुनेछन्। 

चीनको हेबी प्रान्तमा धेरै संख्यामा सेना परिचालन गरिनेछ। त्यस क्षेत्रमा ठूलो मात्रामा रसायनिक धुवाँ उत्पादन हुने गरेको बताइएको छ।

चीनले आफ्नो भूमिको करिब ८४ हजार स्कवायर किलोमिटर जमिनमा रुख रोप्ने योजना बनाएको छ। सन् २०२० सम्म यसबाट चीनको जंगली क्षेत्र २१ प्रतिशतबाट २३ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell