PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

राजपाले समाजवादीसँग तालमेलको पहल गर्ने 



राजपाले समाजवादीसँग तालमेलको पहल गर्ने 

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेलको पहल गर्ने भएको छ। राजपाको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो।

'उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो,'  राजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय यी दुई पार्टी एकताको प्रयास गर्दै आएपनि प्रगति भने हुन सकेको छैन।

'प्रतिनिधिसभा क्षेत्रीय समितिमा राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति बढीमा ७१ सदस्यीय हुनेछ,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell