PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

डोटीमा मदिरा बेच्ने र खाने दुवैलाई कारवाही गरिने



डोटीमा मदिरा बेच्ने र खाने दुवैलाई कारवाही गरिने
प्रतीकात्मक तस्बिर

डोटी : डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ। सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मंगलवारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बेचबिखन र सेवनमा रोक लगाएको हो।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ र खानेलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए। उनले भने, 'वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजाय हुनेछ।' वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन्। यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेका प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell