PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

भारतले लिपुलेक र कालापानीलाई आफ्नो भूमिमा राखेको प्रति नेमकिपाको विरोध, भारतीय विस्तावादबारे सरकारको धारणा माग



भारतले लिपुलेक र कालापानीलाई आफ्नो भूमिमा राखेको प्रति नेमकिपाको विरोध, भारतीय विस्तावादबारे सरकारको धारणा माग

काठमाडौं : शनिवार जम्मू कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले नयाँ नक्सा जारी गर्‍यो। नक्सामा पाकिस्तान नियन्त्रित कश्मीर, आजाद जम्मू कश्मीरको केही स्थानका साथसाथै गिल्जित-बलिस्तानलाई पनि भारतले आफ्नो नक्सामा देखाएको भन्दै पाकिस्तानले नक्सा 'खारेज' गरेको घोषणा गर्‍यो।

लगत्तै भारतीय नक्सामा नेपालको भूभाग समेत राखिएको खुलासा भयो। भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुर (कालापानी र लिपुलेक) राखिएको कुरा बाहिरियो।

भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको भन्दै विरोध भइरहँदा सरकार पक्षबाट यस विषयमा कुनै आधिकारिक धारणा आएको छैन।

यता, भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेको विरोधमा नेपाल मजदुर किसान पार्टीले आज भक्तपुरमा विरोध र्‍याली आयोजना गरेको छ।

कालापानी र लिपुलेकलाई भारतले आफ्नो क्षेत्रमा राखिएको विषयलाई नेमकिपाले विस्तारवादी नीति भएको बताएको छ। यस्तै उसले यस विषयमा सरकारको आधिकारिक धारणा समेत माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell