PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दक्षिणी थाइल्याण्डमा विद्रोहीले गरे १५ जना सर्वसाधारणको हत्या



दक्षिणी थाइल्याण्डमा विद्रोहीले गरे १५ जना सर्वसाधारणको हत्या
फोटो : Tuwaedaniya Meringing/AFP via Getty Images

याला : थाइल्याण्डको दक्षिणी प्रान्तमा सक्रिय मुस्लिम विद्रोहीको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ।

थाइ सेनाका अनुसार मंगलबार विद्रोहीहरुले दुईवटा प्रहरीचौकीमा आक्रमण गरेका थिए। आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

विद्रोहीहरुले आक्रमणपछि एम–१६ राइफल र सटगन लुटेर लगेको सेनाले जनाएको छ। हाल उक्त क्षेत्रमा सैनिक परिचालन गरी आक्रमणकारीको खोजी भइरहेको छ।

थाइल्याण्डको दक्षिणी क्षेत्रमा मलाया–मुस्लिम विद्रोहीहरुले स्वायत्तताको माग राख्दै १५ वर्षदेखि सशस्त्र आन्दोलन गरिरहेका छन्। जसकारण हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ।

विद्रोह भइरहेको स्थानमा थाइल्याण्ड सरकारले सैनिक कानुन लगाउँदै आएको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई नियन्त्रणमा लएर कानून अनुसार कारवाही गर्ने आश्वासन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell