काठमाडौं : काठमाडौंको चोभारबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको टोलिले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देबेन्द्र भण्डारी र सुमन खड्का रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको महाशाखाका एसएसपी थापाले जानकारी दिए।