
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
केही दिनअघि धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरेर प्रधानमन्त्री निवास बालुवाटरमा आराम गरिरहेका प्रधानमन्त्री भेट्न प्रचण्ड मध्यान्ह बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच 'वान अन वान' वार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार चेतन अधिकारीले जानकारी दिए।
'भेट भएको हो। तर के विषयमा छलफल भयो भन्ने थाहा भएन। उहाँहरुको वान अन वान भेट हो,' अधिकारीले भने।
दुई अध्यक्षबीच देशको समासामायिक विषय र पार्टी नेतृत्वको विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।