PahiloPost

Nov 2, 2025 | १७ कात्तिक २०८२

नयाँ नक्सामा नेपाली सीमातिर फेरबदल गरिएको छैन : भारत



नयाँ नक्सामा नेपाली सीमातिर फेरबदल गरिएको छैन : भारत

काठमाडौं : भारतले जम्मु र कश्मीरसँग जोडिएको विषयलाई सम्बोधन गर्दै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली सीमानामा कुनै फेरबदल नभएको दावी गरेको छ।

'हाम्रो नक्साले भारतको सर्वोच्च सम्प्रुभतालाई प्रतिनिधित्व गरेको छ। नयाँ नक्समा नेपालसँगको सीमामा केही पनि परिवर्तन गरिएको छैन,' भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविस कुमारले भने।

उनले सीमानको विषयमा विद्यमान संयन्त्रले नेपालसँग काम गरिरहेको समेत उल्लेख गरे।

'हामी दोहोर्‍याउँछौं - द्वीपक्षीय संवादबाटै हाम्रो निकट मित्र राष्ट्रसँगको यो विषयमा समाधान निकाल्छौं,' उनले भने।

उनले दुवै मुलुकबीचको सम्बन्धमा कसैको स्वार्थले असर पार्न खोजिएको हो त्यसबारे सचेत हुनुपर्ने समेत बताए।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell