
काठमाडौं : भारतले सार्वजनिक गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन्।
सो क्रममा देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दामाथि उठेर देशको साझा मतको प्रतिनिधित्व गर्दै कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकारलाई सुझाएको छ।
'कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ' कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।