PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कस्तो छ ठिमीको भाटभटेनीमा क्युएफएक्स सिनेमाको कम्प्लेक्स?



कस्तो छ ठिमीको भाटभटेनीमा क्युएफएक्स सिनेमाको कम्प्लेक्स?

भक्तपुर : भक्तुपरको भाटभटेनीमा बिहीवारबाट क्युएफएक्स सिनेमाको नयाँ मल्टिप्लेक्स सञ्चालनमा आएको छ। ७ सय सिट क्षमताको तीन स्क्रिन मल्टिप्लेक्समा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ।

क्यूएफएक्स सिनेमाजको पर्दाको योसगैँ देशभर २३ पुगेको छ। साथै तीन महिनाभित्र यो संख्यामा अझ बृद्धि हुने समेत बताइएको छ।

तीन महिनाभित्र बुटवल र बिराटनगरमा पनि दुईवटा मल्टिप्लेक्स खुल्ने रेगल सिनेमा प्रमुख तथा क्यूएफएक्स सञ्चालक नकिम उदिनले बताए।

'रेगल सिनेमाज प्रालिको मुख्य उद्देश्य भनेको चलचित्र क्षेत्रमा लगानी गर्ने र प्रदर्शनी व्यवसायलाई थप प्रभावित पार्नु नै हो,' उनले भने।

सुविधायुक्त मल्टिप्लेक्समा रेगल सिनेमाजको लगानी रहेको छ। बुटवल र बिराटनगरको भाटभटेनीमा पनि दुई स्क्रिनको मल्टिप्लेक्स हल खोल्ने तयारी भइरहेको बताइएको छ।
बिहीवार मल्टिप्लेक्सको सुभारम्भसँगै त्यहाँ फिल्म 'घामड शेरे'को प्रिमियर पनि गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell