PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

अस्ट्रेलियामा डढेलो नियन्त्रण बाहिर



अस्ट्रेलियामा डढेलो नियन्त्रण बाहिर
फोटो : NSWRFS

अस्ट्रेलियाको न्यू साउथ वेल्समा ९० भन्दा बढीस्थानमा डढेलो लागेको छ। सुख्खा स्थानमा लागेको आगोका कारण तापक्रम ह्वाट्टै बढेको बताइएको छ।

जंगली क्षेत्रमा बसोवास गर्दै आएका मानिसहरु फसिरहेको र उनीहरुको उद्दारका लागि टोली परिचालन गरिएको छ।

डढेलोबाट प्रभावित १७ स्थानमा ठूलो क्षतिको सम्भावना रहेको अस्ट्रेलियन अधिकारीहरुले बताएका छन्। हालसम्म अस्ट्रेलियामा एकैसाथ डढेलो लागेको यो पहिलो घटना हो।

अस्ट्रेलियाका अन्य स्थानहरुमा समेत डढेलो लाग्न सक्ने भन्दै 'खतराको सूचना' जारी गरिएको छ।

गत सातामात्रै डढेलोका कारण दुई हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताइएको छ। डढेलोका कारण सयौं वन्यजन्तुहरुको मृत्यु भएको छ।  

आगो नियन्त्रण गर्न धेरै संख्यामा सुरक्षाकर्मीका साथै अग्नी नियन्त्रक परिचालन गरिएपनि सुख्खा स्थान भएकाले आगो नियन्त्रण गर्न गाह्रो भइरहेको अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell