PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'प्रेम गीत-३'को छायांकन शुरु, दक्षिणकाली मन्दिरमा शुभ मुहुर्त



'प्रेम गीत-३'को छायांकन शुरु, दक्षिणकाली मन्दिरमा शुभ मुहुर्त

काठमाडौं : फिल्म 'प्रेम गीत-३' को शुभ मुहुर्तसँगै छायांकन शुरु भएको छ। शुक्रवार काठमाडौंको दक्षिणकाली मन्दिरमा शुभ मुहुर्त गर्दै फिल्मको छायांकन शुरु गरिएको हो।

घोषणा भएदेखि नै चर्चामा रहेको यस फिल्मलाई बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ। आसुशेन फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्दैछन्।

यही टाइटलमा यसअघि निर्माण भएका 'प्रेम गीत' र 'प्रेम गीत-२' को सफलतापछि सन्तोष सेनले यसैको सिक्वेल 'प्रेम गीत-३' निर्माण गरेका हुन्। यहि फिल्मबाट अभिनेत्री क्रिस्टिना गुरुङले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

फिल्ममा प्रदिप, क्रिस्टिना, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्कीलगायतका कलाकारहरुको अभिनय रहनेछ।

फिल्ममा निर्देशक गुरुङ र मन्दीप गौतमको कथा लेखन रहेको छ। 'प्रेम गीत-३' चैत २८ गतेदेखि प्रदर्शनमा आँउदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell